आइतबार, जेठ ६, २०८१

चीनलाई चुनौती दिन यूके, अमेरिका र अस्ट्रेलियाबीच सम्झौता

नेपालखोज २०७८ भदौ ३१ गते ८:१३


काठमाडौं । यूके, अमेरिका र अस्ट्रेलियाले विशेष सुरक्षा सम्झौताको घोषणा गरेका छन् । परिष्कृत रक्षा प्रविधिहरू आदानप्रदान गर्ने विषयमा उनीहरुले सम्झैता गरेको बताइएको छ ।

उक्त कदम चीन लक्षित रहेको जनाएको छ। सम्झौताले अस्ट्रेलियालाई पहिलोपटक परमाणु ऊर्जाबाट चल्ने पनडुब्बी बनाउने बाटो खुला गरिदिनेछ ।

ओकस भनिने उक्त सम्झौतामा आर्टिफिसिएल इन्टेलिजेन्स, क्वान्टम टेक्नोलोजी र साइबरका पक्ष समेट्ने बीबीसीले जनाएको छ । यूके, अमेरिका र अस्ट्रेलिया चीनको बढ्दो शक्ति र इन्डो-प्यासिफिकमा सैन्य उपस्थिति को बारे मा चिन्तित छन् । बीबीसी

प्रतिक्रिया