शुक्रबार, चैत १६, २०८०

चीनमा ६ म्याग्निच्युडको भूकम्प जाँदा ३ जनाको मृत्यु, ६० घाइते

नेपालखोज २०७८ भदौ ३१ गते १२:५०


बेइजिङ । चीनको लुसियानमा भूकम्प जाँदा तीन जनाको मृत्यु भएको छ । ६० जना घाइते भएका छन् । स्थानीय समयअनुसार आज (बिहीबार) बिहान साढे ४ बजे सिचुवान प्रान्तको लुझउ सहर केन्द्रविन्दु भएर ६ रेक्टरको भूकम्प गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

६० जनामध्ये तीनजनाको अवस्था सिकिस्त छ । विभिन्न संरचना भत्किएर भूकम्पमा फसेकाहरुको उद्धारका लागि चार हजार उद्धारकर्ता खटिएको सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । यो समाचार तयार पारुन्जेलसम्म सात हजारजना घाइतेको उद्धार गरिएको छ ।
-चाइना मर्निङ पोस्ट

प्रतिक्रिया