शुक्रबार, वैशाख ७, २०८१

राज कुन्द्राविरुद्ध आरोपपत्र दायर, श‍िल्‍पाको बयान पनि राखियो !

नेपालखोज २०७८ भदौ ३१ गते १३:३८

पोर्नोग्राफी निर्माणको आरोपमा मुम्बई पुल‍िसले १५ सय पृष्ठको सप्लिमेन्टी चार्जसिट (पूरक आरोपपत्र) पेस गरेको छ । उक्त चार्जसिटमा ४३ जनाको बयान पनि राखिएको छ ।

मुम्बई । मुम्बई क्राइम ब्रान्चले पोर्नोग्राफी निर्माणका आरोपित राज कुन्द्राविरुद्ध १५ सय पृष्ठको सप्लिमेन्ट्री चार्जसिट (पूरक आरोपपत्र) प्रस्तुत गरेको छ । न्युज एजेन्सी एएनआईका अनुसार, बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति तथा व्यवसायी राज कुन्द्रासहित अन्य केही व्यक्तिविरुद्ध दायर आरोपपत्रमा ४३ साक्षीको बयान पनि राखिएको छ । ती ४३ जनामा श‍िल्‍पा सेट्टी र उनकी बहिनी शर्ल‍िन चोपडा पनि छन् ।

राज कुन्द्रा १९ जुलाई २०२१ देखि जेलमा छन् । उनी पोर्न फिल्म बनाएको आरोपमा पक्राउ परेका थिए । राज कुन्द्राको जमानत निवेदनमाथि न्यायालयमा एकपटक फेरि १६ सेप्टेम्बरमा सुनुवाइ हुनेछ ।

‘राज र शिल्पाको समस्या बढ्न सक्छ’
राज कुन्द्रा पोर्नोग्राफी निर्माणमा संलग्न भएको कुरा सार्वजनिक भएपछि उनी र श‍िल्‍पाबीचको सम्बन्धमा पनि ग्राहण लाग्न थालेको बताइन्छ । राज कुन्द्रा पक्राउ परेपछि श‍िल्‍पा केही दिन क्यामेराबाट टाढा रहिन् । अहिले भने उनी काममा फर्किसकेकी छन् । हालै श‍िल्‍पाले आफ्ना सन्तानका साथ गणेशोत्‍सव मनाइन् भने चार्जसिट दायर हुने दिन हिजो (बुधबार) नै उनि वैष्‍णो देवीको दर्शन गर्न धार्मिक यात्रामा निस्किइन् ।

यसबीच शिल्पा लगातार समाचारमा छिन् । हालै शिल्पाले अब पति राज कुन्द्राको घर छाडेर आफू र आफ्ना सन्तानको भावी जीवनको योजना बनाइरहेको समाचार सार्वजनिक भएको थियो । बलिउड हंगामामा प्रकाशित उक्त समाचारअनुसार शिल्पाका निकट मित्रहरुले राज कुन्द्राको जीवनबाट टाढा जाने योजना शिल्पाले बनाइरहेको बताएका छन् ।

शिल्पा र राजको विवाह सन् २००९ मा भएको थियो । उनीहरुका दुई सन्तान छन्- छोरा वियान र छोरी समिशा ।

प्रतिक्रिया