बिहीबार, चैत १५, २०८०

‘डडेल्धुराको वडा अधिवेशन बदरको माग’

नेपालखोज २०७८ भदौ ३१ गते १६:०४

काठमाडौं । डडेल्धुरा जिल्लाको अधिवेशनका सम्बन्धमा ध्यानाकर्षण गराउन कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका नेताहरु सानेपा पुगेका छन् ।

निर्वाचन समितिका पदाधिकारीको ध्यानाकर्षण गराउनका लागी नेता पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य सुजाता कोइराला, गगन थापालगायत पार्टी कार्यालय सानेपामा पुगेको बताइएको छ ।

डडेल्धुरामा एक पक्षीय रुपमा अधिवेशन भएको भन्दै पौडेल समूह असन्तुष्ट बनेको हो ।पौडेल समूहले ५ असोजमा तोकिएको वडा अधिवेशनकै दिन डडेल्धुरामा पनि अधिवेशन गराउन निर्वाचन समितिसँग माग गरेका हुन् ।

प्रतिक्रिया