मंगलबार, वैशाख ४, २०८१

काठमाडौंमा तत्काल भौतिक उपस्थितिमा विद्यालय खोल्न नपाइने

नेपालखोज २०७८ भदौ ३१ गते १९:०६

काठमाडौं । संघीय राजधानी काठमाडौंमा तत्काल भौतिक उपस्थितिमा विद्यालय खोल्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहीबार एक विज्ञप्ति जारी गर्दै बालबालिकामा कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै तत्काल भौतिक उपस्थितिमा विद्यालय नखोल्न निर्देशन दिएको छ ।

यदि विद्यालय भौतिक उपस्थितिमा खोल्नै पर्ने भए महानगरपालिका तथा नगरपालिकाहरुले विद्यालय संचालन गर्नु पुर्व आ-आफ्नो पालिकास्तरमा कोभिड- १९ संक्रमको अवस्था विश्लेषण गर्ने, विद्यालयमा कार्यरत शिक्षक, कर्मचारी, सवारी चालक तथा सह-चालक, क्यान्टिन संचालक संचालन समितिका पदाधिकारीहरु सबैले अनिवार्य कोभिड- १९ विरुद्धको खोप लगाएको हुनु पर्नेछ ।

कोभिड- १९ सम्बन्धी आदेशको प्रभावकारी पालना भए नभएको सम्बन्धमा सुरक्षा निकायबाट नियमित तथा आकस्मिक अनुगमन गरिने प्रशासनले जनाएको छ । अनुगमनका क्रममा आदेशका अवज्ञा भएको पाइएमा संक्रमक रोग ऐन, २०२० अनुसार कारवाही हुने विज्ञप्तिमार्फत जनाइएको छ ।

त्यस्तै, कोरोना संक्रमण बढ्न गएमा उक्त आदेशमा भएका व्यवस्थाहरु कुनै पनि बेला पुनरावलोकन गर्न सकिने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया