बिहीबार, वैशाख १३, २०८१

शिल्पा भन्छिन्- राज आफ्नो कामबारे केही बताउँदैनन्

नेपालखोज २०७८ असोज १ गते १३:४३

मुम्बई । बलिउड अभिनेत्री शिल्पा सेट्टीका पति राज कुन्द्राविरुद्ध मुम्बई पुलिसले दाखिल गरेको चार्जशीटमा शिल्पाको बयान पनि शामेल छ । मुम्बई पुलिसले अश्लील फिल्म बनाएर ऐप मार्फत त्यसलाई सार्वजनिक गरेको आरोपमा राज कुन्द्राविरुद्ध उक्त अभियोगपत्र तयार गरेको हो ।

यो विषयमा मुम्बई पुलिसले शिल्पा सेट्टीको घर पुगेर उनिसँग पुछताछ गरेको थियो जसलाई यो चार्जशीटमा शामेल गरिएको छ । पोर्न फिल्म निर्माणको आरोपमा गिरफ़्तार राज कुन्द्राको घरमा गएको जुलाई २३ मा छापामार्ने क्रममा मुम्बई क्राइम ब्रान्चको प्रोपर्टी सेलले शिल्पाको बयान लिएको थियो ।

आफ्नो बयानमा शिल्पा सेट्टीले भनेकी छन्, ‘म यो किनारा बंगलामा पछिल्लो १० वर्षदेखि छु । तीन वर्ष पहिले प्रदीप बक्शी हाम्रो परिवारको एक सदस्यको विवाहमा आएका थिए । मेरो उनीसँग त्यहीँ भेट भएको हो ।’

शिल्पाले आफ्ना बारेमा प्रहरीलाई भनेकी छन् ‘मेरो जन्म मुम्बईमा भएको हो र मैले कक्षा १० सम्म चेम्बुर स्थित सेन्ट ऐन्थोनी गर्ल्स हाईस्कूलमा पढें भने १२ सम्मको पढाई माटुंगा स्थित पोद्दार कलेजमा भयो । १२ अध्ययनरत छँदा मलाई फिल्म ‘बाज़ीगरुबाट हिरोइनको अफर आयो र त्यसपछि मैले पढ़ाई छोडिदिएँ । मैले अहिलेसम्म ३ सय ६० वटा चलचित्रमा काम गरेकि छु ।’

शिल्पाले राज कुन्द्रासँगको आफ्नो पहिलो भेटका सम्बन्धमा भनेकी छन्, ‘साल २००७ मा म बिग बोस शोका लागि यूके गएकि थिएँ जहांँ म्यूजिक शोका डायरेक्टर फरत हुसेन ‍‍(कुन्द्रा र मेरा कमन फ्रेन्ड) मार्फत राज कुन्द्रासँग मेरो भेट भयो । हाम्रो चिनजान मित्रता र मित्रता प्रेममा परिणत भयो अनि हामीले २२ नोभेम्बर २००९ मा विवाह गर्यौ । राज एनआरआई भएकाले मैले विवाह पहिले नै उसलाई भनेकी थिएँ विवाह पछि म भारतमै बस्छु । त्यसैले हामी विवाह पछि भारत आयौं ।’

शिल्पाले भनेकी छन, ‘सन् २००९ मा राज कुन्द्राले आईपीएलको राजस्थान रोयल टीममा ७५ करोड (भारु) रुपैयाँ लगानी गरे । त्यो कम्पनीमा ४ जना विदेशी पार्टनर छन् । त्यसमा राजसँग १३ प्रतिशत सेयर थियो । आईपीएलमा बेटिङको आरोप लागे पछि कुन्द्रालाई राजस्थान रोयलको सेयरबाट हटाइयो ।’

शिल्पाको बयान अनुसार , ‘सन् २०१२ मा कुन्द्राले सतयुग गोल्ड प्राइवेट लिमिटेड नामको कम्पनी सुरु गरे भने त्यसपछि बेस्ट टीवी प्राइवेट सेलिब्रिटी होम शपिङ नामको कम्पनी खोले । सन् २०१५ मा राज कुन्द्राले विहान इन्डस्ट्रिस लिमिटेड नामको कम्पनी सुरू गरे जसले एनिमेशन, कार्टून र एप्लिकेशनहरु बनाउने काम गर्थ्यो । यो कम्पनीमा मेरो २४/५० प्रतिशत सेयर छ, यो कम्पनीमा ७ हज़ार सेयर होल्डर छन् ।’

शिल्पाका अनुसार, ‘विहानमा राज डायरेक्टर छन् भने उमेश कामत एक्ज़ीक्यूटिभ असिस्टेन्ट पदमा कार्यरत छन् । म यो कम्पनीमा अप्रिल २०१५ देखि जुलाई २०२० सम्म डायरेक्टर थिएँ । मैले त्यहाँ व्यक्तिगत करणले राजिनामा दिएकी हुँ । डिसेम्बर २०२० मा व्यापार बढाउन जेएल स्ट्रीम नामको कम्पनी सुरू गरियो । जेएल स्ट्रीमिङको माध्यमबाट सोशल स्ट्रीमिङ एप्लिकेशन चलाइन्छ यसबाट शर्ट भिडियो निर्माण गरिनुका अतिरिक्त च्याटिङ एप्लिकेशन चलाउने तथा स्ट्रीमिङ गर्ने काम हुन्छ । राज यो कम्पनीमा सीईओ छन् भने रायन थार्प चीफ प्रोडक्शन अफिसर छन् । यहाँ करिब ४० जनाले काम गर्छन् । यो कम्पनीको सबै व्यवहार राजले हेर्छन् ।’

राज कुन्द्राको कारोबारका बारेमा शिल्पा भन्छिन् ‘सन् २०१९ मा सौरभ कुशवाहा आर्म्स प्राइममा भागिदार भए । आर्म्स प्राइममा पूनम पान्डेसहित अरु कलाकार आफ्नो खुसिले अंगप्रदर्शन गर्छन् । यो बिषयमा सोध्दा राजले मलाई के बताए भने ओटीटी प्लेटफर्म राम्रोसँग चलिरहेकोछ र राम्रो फाइदा भैरहेको छ । पछि राजले मलाई बताए अनुसार सौरभ कुशवाहासँग उनको केहि विवाद भयो अनि उनि कम्पनीले छोडेर बाहिरिए ।’

शिल्पा सेट्टीले भनेकी छन्, ‘उमेश कामत वियान इंडस्ट्रीमा काम गर्छन , उनि फरवरी २०२१ मा गिरफ़्तार भए पछि मैले यस बिषयमा सोध्दा राजले उमेश कामत र गहना वशिस्ठले स्वतन्त्र रूपमा अलग्गै अश्लील भिडियो बनाए र आफुलाई बेचेको कुरा बताए ।यो बोलिफेम ओटीटीका बारेमा मलाई केही थाहा छैन । त्यसका अतिरिक्त मलाई आज थाहा भयो की वियान कम्पनीबाट हटशट का लागि बनाईएको अश्लील भिडीओ प्रदीप बक्शीको केनरीन कम्पनी लाई पठाईन्छ ।’

यसका साथ शिल्पाले भनेकी छन् , ‘आफ्नो काममा व्यस्त रहने हुँदा राज के काम गरिरहेका छन मैले कहिलै सोधिन र राजले पनि आफ्नो कामका बारेमा मलाई केही भनेका छैनन् त्यसैले यो विषयमा मलाई केही जानकारि छैन ।’

प्रतिक्रिया