शुक्रबार, जेठ ४, २०८१

मोटरहेड मोटरसाइकल सार्वजनिक, कति पर्छ बजार मूल्य ?

नेपालखोज २०७८ असोज १ गते १८:०७

काठमाडौं । चिनियाँ ब्रान्डको अफरोड बाइक मोटरहेड मोटरसाइकल सार्वजनिक भएको छ । मोटरहेड मोटरसाइकलको आधिकारिक बितरक एसएलआर टेक्नो एन्ड ट्रेड प्रालिले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मोटरसाइकल सार्वजनिक गरेको हो ।

आज सार्वजनिक भएको मोटरसाइकल टेक्कन आर २५० नेपाली बजारमा ४ लाख ५ हजार रुपैयाँ पाइने छ भने यसमा २२३ सीसी क्षमताको इन्जिन रहेको छ । यो बाइकले अधिकतम १२.५ किलोवाट पावर र टर्क १७ एनएम दिने बताइएको छ । एसएलआर टेक्नो एन्ड ट्रेड कम्पनिले विगत ५ बर्षदेखि मोटरहेड ब्रान्डको डार्ट, क्रसओभर र स्क्र्याम्ब्लर सेग्मेन्टका बाइकलाई बिक्रि गर्दै आएको छ ।

फराकिलो र ठूलो टायर, उच्च ग्राउन्ड क्लियरेन्स, उच्चतम पर्फमेन्स र आरामदायी फिचर्स भएको मोटरहेड मोटरसाइकल नेपालको सबै भूगोलका लागि उपयुक्त हुनुको साथै युवाहरु माझ लोकप्रिय बन्दै गएको कम्पनीले बताएको छ । मोटरहेड मोटरसाइकल देशका बिभिन्न १४ स्थानमा रहेको डिलर आउटलेटबाट खरिद गर्न सकिनेछ ।

प्रतिक्रिया