शुक्रबार, जेठ ४, २०८१

काठमाडौंमा केएफसीकाे आठौं शाखा

नेपालखोज २०७८ असोज २ गते १०:२५

काठमाडौं । अन्तराष्ट्रिय फुड चेन ब्रान्ड केएफसीले काठमाडौं उपत्यकामा आठौं शाखा खोल्दै नेपालमा दशौं आउटलेट विस्तार गरेको छ । काठमाडौंको नक्सालमा रहेको भाट–भटेनी डिपाटमेन्टल स्टोरको प्रांगणमा खोलिएको केएफसी रेस्टुरेन्ट विश्वमै सबैभन्दा स्वादिष्ट चिकेनको परिकार उपलब्ध गराउने रेस्टुरेन्टका रुपमा परिचित छ ।

यस आउटलेटमा के.एफ.सि.का विभिन्न चिकेन परिकार जस्तै हट एन्ड क्रिस्पी चिकेन, चिकेन पप कर्न, चिकेन स्ट्रिप्स लगायत बर्गर
र अन्य परिकारको आनन्द लिन सकिनेछ ।

के.एफ.सी.ले आफ्ना गा्रहकका लागी विभिन्न स्वादिष्ट परिकारहरु उपलब्ध गराउँदै कोभिड-१९ को रोकथामकालागी विश्व स्तरिय सुरक्षा नीति समेत अवलम्बन गरको छ ।

जसका लागी ४ प्रकारका सुरक्षा मापदण्डहरु स्वच्छता, जाँच, सामाजिक दुरी र कन्ट्याटलेस सेवा जस्ता मापदण्डलाई अनिवार्य गरिएको छ ।
रेस्टुरेन्टले प्रत्येक ३० मिनेटमा आफ्ना टेबल, काउन्टर, ढोका र त्यसका ह्यान्डलहरु जस्ता सतहको सरसफाइ निर्मलिकरण गर्ने गर्दछ ।

केएफसीका कर्मचारीहरुले हरेक गा्रहकलाई सेवा दिए पश्चात आफ्ना हात र झोला निर्मलिकरण गर्ने गर्दछन् । हरेक गा्रहकबीच ६ फिटको सामाजिक दुरी कायम गर्दै रेस्टुरामा आउने ग्राहक र सेवामा रहेका कर्मचारी बिच समाजिक दुरी कायम राख्न स्टिकर लागयत समानको प्रयोग गरि अझ ब्यवस्थित गरिएको छ ।

१६४० वर्ग फिट मा खोलिएको यो रेस्टुरेन्टमा एक पटकमा ४० जना ग्राहकहरुले सेवा लिन सक्नेछन् । रेटुरेन्टले हाल विहान ९ बजे बाट रातको ८.३० बजे सम्म डाइन–इन, टेक अवे र होम डेलिभरी मार्फत सेवा दिइरहेको छ ।

आफूलाई मनपर्ने केएफसीका परिकारहरु होम डेलिभरी कम्पनीहरु फूड बस्टर, फूडमान्डु र भोजडिल द्वारा अनलाइन अर्डर गरी घरैमा मगाउन सकिने छ ।

प्रतिक्रिया