शुक्रबार, वैशाख ७, २०८१

नेपाल आज फिलिपिन्ससँग खेल्दै

नेपालखोज २०७८ असोज २ गते ११:५७

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आज फिलिपिन्ससँग प्रतिस्पर्धा गर्दैछ ।

दिउँसो ३ः४५ बजेबाट सुरु हुने एएफसी महिला एसियन कप–२०२२ छनोटको पहिलो खेलमा नेपालले फिलिपिन्सको सामना गर्ने भएको हो । आज बलियो टिम फिलिपिन्सविरुद्ध प्रतिस्पर्धा गर्दा नेपाल जितको खोजीमा रहनेछ ।

नेपाली टिमकी कप्तान रेनुका नगरकोटीले नेपाली टिम पूर्ण रुपमा बलियो रहेकाले उत्साहका साथ मैदानमा उत्रने बताइन् । खेल उज्वेकिस्तानको जेएआर स्टेडियममा हुनेछ ।

नेपालले बिहीबार दोस्रो खेलमा हङकङको सामना गर्नेछ । यस समूहको फिलिपिन्स र हङकङबीचको खेल असोज ८ गते हुनेछ । समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्ने पाउने छ ।

प्रतिक्रिया