बिहीबार, वैशाख १३, २०८१

माधव नेपालले विश्वासको मत दिने मुख्यमन्त्री शाक्यको विश्वास

नेपालखोज २०७८ असोज २ गते १७:००


बर्दीबास । वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले नेकपा (एकीकृत समाजवादी)को सहयोगमा आफुले विश्वासको मत प्राप्त गर्ने बताएकी छन् । महोत्तरीको बर्दिबासमा आज (शनिबार) सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफू एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालकै सहयोगमा मुख्यमन्त्री बनेको जिकिर गरिन् ।

वाग्मती प्रदेशमा आफ्नो सरकार अल्पमतमै रहे पनि एकीकृत समाजवादीका प्रदेशसभा सदस्यहरुको सहयोगमा केही दिनमै विश्वासको मत पाउनेमा ढुक्क रहेको मुख्यमन्त्री शाक्यको भनाइ छ । उनले एकीकृत समाजवादीका कारण आफ्नो सरकार अल्पमतमा परेको र पुनः त्यही पार्टीको सहयोग र समर्थनमा आफूले बहुमत सिद्ध गर्ने जनाइन् ।

नेता नेपालले नेकपा (एमाले)लाई मजबुत बनाउनमा महत्वपूर्ण योगदान दिएको र छुट्टै पार्टी स्थापना गरेपछि एमाले कमजोर बनेको उनको ठहर छ ।उनले पुनः नेता नेपाललाई एमालेमै फर्किन आग्रह गर्दैआएको प्रष्ट पारिन् ।

प्रतिक्रिया