बुधबार, वैशाख १२, २०८१

नायक केसीले मनाए जन्मदिन (फोटो फिचर)

नेपालखोज २०७८ असोज २ गते २१:४०

काठमाडौं । नायक भुवन केसीले शुक्रबार आफ्नो जन्मदिन मनाएका छन् । नेपाली चलचित्र क्षेत्रमा सदाबहार नायकको छवि बनाउन सफल केसी सबैका प्रिय कलाकार मानिन्छन् । नायक केसी बिगत तीन दशकभन्दा लामो समयदेखि नेपाली चलचित्र क्षेत्रमा सक्रिय छन् ।

केसीको करिअरकै सम्झन लायक फिल्मको रुपमा तुलसी घिमिरेद्वार निर्देशित सन् १९९३ मा आएको फिल्म ‘कुसुमे रुमाल’ लाई लिइन्छ । नायक केसीले आफ्नो तीन दशक लामो अभिनय करिअरमा सयभन्दा बढी फिल्ममा अभिनय गरिसकेका छन् ।

‘सन्तान, कन्यादान, चिनो, दुई थोपा आँशु, करोडपति, नेपाली बाबु, सुपरस्टार’ लगायतका फिल्ममा अभिनय गरिसकेका उनी पछिल्लो पटक फिल्म ‘मिस्टर नेपाली’ मा देखिएका थिए । पछिल्लो समय उनि अभिनयमा भन्दा निर्देशनतर्फ सक्रिय छन् । नायक केसीले आफ्नो जन्मदिनको अवसरमा शुभकामना दिने सबैलाई धन्यवाद दिएका छन् ।

सामाजिक संजालमा उनले लेखेका छन् – मेरो जन्म दिनको अवसरमा मलाई मनैबाट शुभकामना दिनु हुने देश तथा विदेशमा रहनु हुने मेरा आफन्त, शुभचिन्तक र मेरा मान्यजन सबैमा हार्दिक आभार ब्यक्त गर्दछु । आगामी दिनहरूमा पनि हजुरहरूबाट यस्तै माया, साथ, सदभाव र आफ्नोपनको अपेक्षा राखेको छु।’???

प्रतिक्रिया