‘लोकतान्त्रिक माध्यमबाट समस्याको समाधान गर्न सरकार प्रतिवद्ध छ’
नेपालखोज
२०७८ असोज ३ गते १२:३२
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान दिवसको अवसरमा आइतबार (आज) संघीयता कार्यान्वयनको समीक्षा गरिने बताएका छन् ।
राजनीतिक प्रणालीलाई मजबुत बनाउँदै मुलुकको समुन्नतितर्फ आगामी यात्रा तय गर्न आवश्यक रहेको बताएका छन् ।
संविधान दिवसको अवसरमा आज काठमाडौंको टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले लोकतान्त्रिक माध्यमबाट सबै समस्याको समाधान गर्न सरकार प्रतिवद्ध रहेको पनि बताए ।
संविधानको सफल कार्यान्वयनबाट मुलुकको समृद्धि र नागरिकको मुहारमा स्थायी खुसी ल्याउने आफ्नो लक्ष्य भएको देउवाले बताए ।
प्रधानमन्त्री देउवाले संविधानले सहिदहरुको सपना र नागरिकको आंकाक्षालाई पूरा गरिरहेको बताए ।
संविधान कार्यान्वयनका लागि विधिको शासनको अपरिहार्य कडी संवैधानिक सर्वोच्चता र त्यसलाई संस्थागत गर्ने संविधान भएको उल्लेख बताए ।
सम्बन्धित
प्रतिक्रिया