बिहीबार, चैत १५, २०८०

नेम्वाङले भने – सरकारले दिएको पदक न्यायाधिशहरुले फिर्ता गर्नुपर्छ

नेपालखोज २०७८ असोज ३ गते १६:२७

काठमाडौं । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य सुवाश नेम्वाङले सरकारले दिएको पदक फिर्ता गर्न न्यायाधिशहरुलाई आग्रह गरेका छन् ।

आइतवार सातौँ संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा नेकपा (एमाले)ले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता नेम्वाङले केपी शर्मा ओली नेतृत्वको नेकपा (एमाले)को सरकारका विरुद्ध भुमिका खेल्ने तथा सर्वोच्च अदालतमा मुद्दा मामिलाको प्रक्रियामा जाने कानुन व्यवसायी लगायतका व्यक्तिहरु लगायत मुद्दाको फैसला गर्ने संवैधानिक इजलाशमा बसेका व्यक्तिहरुले सरकारबाट पदक पाएको भन्दै यो काम बेठिक भएको बताए । उनले तुरुन्तै पदक अस्वीकार गरेको घोषणा गर्न आग्रह गरे ।

नेता नेम्वाङले केन्द्र तथा प्रदेश सरकारमा समेत सहभागी भएर संसदमा पनि सबै प्रक्रियामा सहभागी भएका राजनीतिक दलहरुले आजको दिन संविधान दिवस नमनाउने भन्नकुरा नसुहाएको बताए । संविधान स्वीकार्य भएको पनि उनको भनाई छ ।

प्रतिक्रिया