शुक्रबार, वैशाख १४, २०८१

भारतमा सक्रिय संक्रमितको संख्या घट्दै

नेपालखोज २०७८ असोज ३ गते १६:४३


काठमाडौं । भारतमा ३० हजार ७७३ जनामा कोरोना भाइरस सक्रमण पुष्टि भएको छ । सरकारी अधिकारीले आइतबार (आज) दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा ३० हजार ७७३ जना सङ्क्रमित थपिएका हुन् ।

भारतमा ८४ दिनयता दैनिक सङ्क्रमितको संख्या ५० भन्दा कम भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणको कारण ३०९ जनाको मृत्यु भएको पनि केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै कोरोना शुरु भएदेखि हालसम्म यसको सङ्क्रमणको कारण मृत्यु हुने व्यक्तिको कूल संख्या ४ लाख ४४ हजार ८८३ जना पुगेको छ ।

भारतमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या तीन लाख ३२ हजार १५८ रहेको छ । यो सङ्ख्या घट्दै गएको देखिएको छ ।

यो संख्या हाल भारतमा रहेको कूल कोरोना सङ्क्रमितको ०.९९ प्रतिशत हो । एकै समयमा नयाँ सङ्क्रमितभन्दा सङ्क्रमणमुक्त हुनेको सङ्ख्या धेरै भएकाले सङ्क्रमितको सङ्ख्या घट्दै गएको हो ।

त्यसैगरी अहिलेसम्म तीन करोड २६ लाख ७१ हजार १६७ निको भएका छन् ।

प्रतिक्रिया