बुधबार, वैशाख १२, २०८१

दसैंका लागि आजदेखि नयाँ नोट पाइने

नेपालखोज २०७८ असोज ४ गते ६:२५

काठमाडौं । दसैंका लागि सर्वसाधारणले आजबाट नयाँ नोट साट्न पाउने भएका छन् । राष्ट्र बैंकले १२ देखि १५ अर्ब रुपैयाँसम्म ५, १०, २०, ५० र १ सय रुपैयाँका नोट साट्ने व्यवस्था गरिएको जनाएको छ ।

कोरोनाबाट बच्न जनस्वास्थ्यका मापदण्ड अपनाउँदै नोट साट्ने व्यवस्था मिइलाएको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ । यसका लागि वाणिज्य बैंकहरूले ४ अर्ब रुपैयाँका नयाँ नोट तयार पारेका छन् ।

देशभरका आफ्ना प्रधान कार्यालय वा अन्य तोकिएका शाखाबाट नयाँ नोट लिन सकिने बैंकहरूले जनाएका छन् ।

राष्ट्र बैंकले उपत्यकामा बालुवाटारस्थित कार्यालय र प्रदेशस्थित ७ वटै प्रदेशका कार्यालयबाट नयाँ नोट वितरण गर्ने व्यवस्था मिलाएको छ ।

केही विकास बैंक र फाइनान्स कम्पनीले समेत नयाँ नोट वितरणको व्यवस्था मिलाइएको जनाएका छन् । बैंकका अनुसार प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँसम्म नयाँ नोट दिइनेछ ।

प्रतिक्रिया