बिहीबार, वैशाख १३, २०८१

दार्शनिक बन्दै रेखा !

नेपालखोज २०७८ असोज ५ गते ७:३०

काठमाडौं । नायिका रेखा थापा सामाजिक सन्जालहरुमा निकै सक्रिय छिन् । उनको सन्जालमा दुईवटा कुरा प्रमुख रुपमा देखिन्छ । पहिलो – तस्बिर अनि अर्को स्टयाट्स । रेखा राम्री छिन् । उनी देशकै नम्बर एक नायिका भइसकेकी व्यक्तित्व हुन्, तसर्थ उनको तस्बिर आकर्षक हुने भइहाले । सँगसँगै रेखाको सामाजिक सन्जालले उनको अहिलेको रुचि , बिषयहरुलाई हेर्ने दृष्टिकोण अनि उनको दार्शनिक पक्ष लाई उजिल्याउँछ । हरौं रेखाले पछिल्ला दिनमा पोस्ट गरेका केही फेसबुक स्टयाट्स :

  • हामी जे विषयलाई बढी महत्व दिन्छौ – आफू पनि त्यस्तै बन्न थाल्दछौं । अन्धकारको चर्चा गर्नेहरु अक्सर अध्यारोमै भेटिन्छन् । दु:खको धेरै चर्चा गर्दा दु:ख नै बिस्तार हुन्छ । रोजाइ आ-आफ्नो हुन्छ र मान्छेको बानी पनि बढ्दै जान्छ। दु:खबाट सिक्नु पर्छ तर संगत गर्नु हुँदैन । खुशी र उज्यालो सँग संगत गर्दा मान्छे उज्यालो नै हुन्छ । अन्ध्यारोको बारेमा चासो राखेर अध्यारो हट्दैन- दियो बाल्नुपर्छ । प्रकाशको उपस्थिती नै अन्धकारको बिलय हो । रोएर दु:खको कारण घट्दैन । श्राप पहिले आफैंलाई लाग्छ, मंगलकामना पनि पहिले आफैंलाई लाग्छ ।
  • सम्मानको सुरुवात आफैबाट गर्नुपर्छ – यसको मतलब घमण्ड नठानौ ल !
  • स्वतन्त्रतालाई स्वीकार गर्न सक्ने हृदयले मात्र प्रेम गर्न सक्छ । बन्दी बनाउने त क्रूरताले हो ।
  • पोहर सालको बर्षा छल्न यो साल छानो हालेर हुँदैन भन्छन् । आउने दिन तिर हेर्नु पर्छ । हार वा जितको भाषा नबोलेर सजिलो सँग स्विकार्नु पर्छ । आखिर कोही कसैको दुश्मन होइन के रे ।
  • सबैको जिम्मा आफूले लिने होइन । अरुको जिम्मा तपाईले लिने भए, उनीहरुले चाहिँ के गर्छन् त ? अरुले के भन्छन्, त्यसबाट आफूलाई परिभाषित नगर्नुस् । अरु मानिसहरुले तपाईंलाई चिन्दैनन् ।
  • आत्माबिश्वास भाग्यको कुरा होइन । सबै भित्र आत्मबिश्वास हुन्छ, तर आफैंलाई विश्वास नगर्ने मान्छेका लागि भएको गुण पनि हराउँदै जान्छ । कसैले कसैलाई बलियो बनाइदिन सक्दैन ।
  • गहिरिएर हेर्‍यो भने मान्छेका अनुहार र हृदयका असली रङहरु देखिन थाल्छन् । हेरि राख्नु पनि एउटा अध्ययन नै रहेछ ।
  • जीवनका कुनै न कुनै हिस्सा भित्र कुनै न कुनै उत्सव लुकेको हुन्छ।
  • दियो बाहिर जगतमा भन्दा पहिले आफै भित्र जल्नु जरुरि छ। कमजोर मान्छेको पुकार पनि गुनासो जस्तो सुनिन्छ।
  • कस्को अगाडि सफलताको प्रमाण पेस गर्नु छ र ? जिन्दगीलाई चाहिने भन्दा बढी तनाव दिएर बेकारमा किन कुद्नु !
  • दियो सधैं बलेर देखिन्छ यो जगतमा
    आफूभित्रको भय हेर, लज्जा नहेर
    हेर, तिमिभित्र एउटा अजय नायक छ।

प्रतिक्रिया