डुम्रे–बेसी सडकखण्ड एकतर्फी सञ्चालनमा
नेपालखोज
२०७८ असोज ५ गते १२:१६
काठमाडौं । डुम्रे–बेसी शहर सडकखण्ड एकतर्फी रुपमा सुरु भएको छ ।
सोमबार (हिजो) राति परेको वर्षापछि गएको पहिराले अवरुद्ध तनहुँको भानु नगरपालिका–८ स्थित पाँचसय फाँटमा पहिरो जाँदा सडक अवरुद्ध भएको थियो।
सडकभन्दा माथिको ढिस्को खसेर लेदोसहितको पहिराले सडक अवरुद्ध हुँदा सवारीसाधन रोकिएका थिए ।
उक्त सडकखण्ड एकतर्फी सञ्चालनमा आएपछि रोकिएका सवारीसाधनलाई गन्तव्यतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।
दुईतर्फी रुपमा बाटो सुचारु गराउन केही समय लाग्ने बताइएको छ । –रासस
सम्बन्धित
प्रतिक्रिया