बिहीबार, वैशाख १३, २०८१

मैलुङखोलाको आइपिओ सूचीकृत, दोस्रो बजारमा भोलिदेखि कारोबार

नेपालखोज २०७८ असोज ५ गते १३:५७

काठमाडौं । मैलुङखोला जलविद्युत कम्पनी सेयर बजारमा सूचीकृत भएको छ । कम्पनीले कारोबार संकेतका रुपमा ‘एमकेजेसी’ पाएको छ ।

हालै प्राथमिक सेयर (आइपिओ) जारी गरेको कम्पनीको कुल ३६ लाख ८१ हजार ४३० कित्ता आइपिओ सूचीकृत भएको हो । दोस्रो बजारमा यसको भोलिदेखि कारोबार खुल्नेछ ।

कम्पनीले सर्वसाधारणका लागि साउन १४ गतेदेखि आइपिओ जारी गरेको थियो । कम्पनीले सर्वसाधारणलाई कुल ७ लाख ३६ हजार २ सय ८६ कित्ता सेयर निष्कासन गरेको थियो ।

कम्पनीको सेयरमा पहिलो कारोबारका लागि न्यूनतम मूल्य ९५ रुपैयाँ ७५ पैसादेखि २८७ रुपैयाँ २५ पैसासम्मको ‘रेञ्ज’ तोकिएको छ ।

प्रतिक्रिया