बिहीबार, मंसिर २७, २०८१

राष्ट्रियसभाबाट विनियोजन विधेयक स्वीकार, पारित भने बिहीबार हुने

नेपालखोज २०७८ असोज ५ गते १४:३९

काठमाडाैं । राष्ट्रियसभाको मंगलबारको बैठकले ‘विनियोजन विधेयक २०७८’ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्विकृत गरेको छ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को अवरोधका बीच राष्ट्रियसभाको दोस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले पेस गरेका साे प्रस्ताव बहुमतले स्विकृत भएको हो ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०७८ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गरे ।

उनले सो विधेयकको विभिन्न शिर्षकहरुमाथि समूहकृत रुपमा छलफलमा भाग लिनका लागि आगामी असोज ७ गते बिहीबारका लागि समय तोकिएको पनि जानकारी दिए ।

सो बैठकको एक दिन अघि सो विधेयकमाथिको विभिन्न शिर्षकमा छलफलमा भाग लिन चाहने सांसदहरुलाई दलीय आधारमा आफ्नो नाम उपलब्ध गराउन पनि अध्यक्ष तिमिल्सिनाले आग्रह गरे । राष्ट्रियसभाको अर्को बैठक असोज ७ गते बिहीबार दिउँसाे २ बजेका लागि बोलाइएको छ ।

प्रतिक्रिया