बुधबार, जेठ २, २०८१

नेप्से १३ दशमलव ८३ अंकले बढ्दा ७ अर्ब ३६ करोडको काराेबार

नेपालखोज २०७८ असोज ५ गते १५:४२

काठमाडौं । सेयर बजारमा करेक्सन देखिएको छ । अघिल्लो दिन एक सय १४ अंकले घटेको नेप्से साताको तेस्रो कारोबार दिन आज मंगलबार १३ दशमलव ८३ अंकले बढेर दुई हजार सात सय १२ दशमलव सात अंकमा पुगेको छ ।

यसैगरी सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ३६ अंकले बढेर पाँच सय आठ दशमलव ६२ अंकमा पुगेको छ । दुई सय २३ वटा कम्पनीहरुको ९५ हजार छ सय ४६ पटकको कारोशारमा एक करोड ५३ लाख छ हजार ६१ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम सात अर्ब ३६ करोड ४७ लाख ९८ हजार छ सय ५२ रुपैयाँ पुगेको छ ।

१३ वटा समूहको कारोबार भएकोमा चारवटा समूहको सूचक घटेर नौवटा समूहको सूचक बढेका छन् । सोमध्ये वाणिज्य बैंक समूहको सूचक तीन दशमलव ७४ अंकले बढेर एक हजार आठ सय ५९ दशमलव ८३ अंकमा चढेकोमा जलविद्युत समूहको सूचक पनि २२ दशमलव ८३ अंंकले बढेर तीन हजार ४१ दशमलव तीन अंकमा चढेको छ ।

निर्जीवन बिमा समूहको सूचक पनि ७२ दशमलव दुई अंकले बढेर १२ हजार एक सय ४९ दशमलव ४७ अंकमा चढेको विकास बैंक, जीवन बिमा, होटेल तथा पर्यटन, अन्य, लघुवित्त, र लगानी समूहहरुको सूचक पनि बढेका छन् ।

फाइनान्स समूहको सूचक पनि १८ दशमलव ४५ अंकले घटेर दुई हजार चार सय ३५ दशमलव सात अंकमा झरेकोमा ट्रेडिङ, उत्पादमुलक र सामूहिक लगानी कोष समूहरुको सूचक पनि घटेका छन् ।

आज मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य नौ दशमलव ९९ प्रतिशतले बढेर एक हजार ८८ रुपैयाँमा कारोबार हुँदा एभरेष्ट इन्स्योरन्स कम्पनीको प्रतिकित्ता सेयर मूल्य पाँच दशमलव ८१ प्रतिशतले घटेर तीन सय ८२ रुपैयाँ ३० पैसामा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी आज अरुण भ्याली हाइड्रो पावर कम्पनीको प्र्रतिकित्ता पाँच सय ९९ रुपैयाँ अन्तिम मूल्यमा २५ करोड ४४ लाख १५ हजारा दुई सय ३३ रुपैंयाँ १० पैसाको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकममध्ये सबैभन्दा बढी हो ।

प्रतिक्रिया