बुधबार, वैशाख २६, २०८१

राज कुन्द्राले पाए जमानत

नेपालखोज २०७८ असोज ५ गते १७:४६

काठमाडाैं । अभिनेत्री शिल्पा सेट्टीका श्रीमान राज कुन्द्राले जमानत पाएका छन् । अश्लील फिल्म निर्माण गरी एपमार्फत प्रसारण गरेकाे आरोपमा मुम्बई क्राइम ब्रान्चले मुद्दा दायर गरेको थियाे ।

अश्लील चलचित्र निर्माणको आरोपमा मुम्बई क्राइम ब्रान्चले व्यवसायी राज कुन्द्राबाहेक अन्य तिनजनाविरुद्ध चार्जसिट दायर गरेको थियो ।

आज सोमबार मुम्बईको अदालतले राजलाई ती अभियोगमा ५० हजार धरौटी लिएर तारेखमा राख्ने निर्णय गरेको छ । यो खबरले राज र उनकी श्रीमती शिल्पालाई केही राहत दिएको छ ।

प्रतिक्रिया