शुक्रबार, वैशाख १४, २०८१

सीताको भूमिकाका लागि कंगना रनौतलाई ५० करोड पारिश्रमिक ?

नेपालखोज २०७८ असोज ६ गते ७:५९

मुम्बइ । बलिउड अभिनेत्री कंगना रनौत अहिले आफ्नो ‘अपकमिङ फिल्म’ ‘द इनक्रेनेशनस् सीता’ का कारण चर्चामा छिन् । यो चलचित्रमा उनले सीताको भूमिका निर्वाह गर्ने बताइएको छ ।

यसबीच कंगनाले यो चलचित्रमा काम गरे वापत भारी रकम पारिश्रमिक लिन लागेको कुरा बाहिर आएको छ । यदि यो खबर सत्य सावित भयो भने उनि बलिउडमा सबैभन्दा बढि पारिश्रमिक लिने अभिनेत्री हुने छिन् ।

‘बिग बोस’का पूर्व प्रतियोगी तथा युट्युवर केआरकेले सोशल मीडियामा दाबी गरे अनुसार चलचित्र ‘सीता’का लागि कंगनालाई ३२ करोड भारतिय रुपैयाँ पारिश्रमिक दिइँदैछ ।

यो अहिलेसम्म भारतीय फिल्म उद्याेगमा कुनै नायिकालाई दिन लागिएको सर्वाधिक पारिश्रमिक हो । यद्यपि यो कुराको आधिकारिक पुष्टि फिल्म मेकर्स वा कंगनाका तर्फबाट भएको छैन ।

पहिले सीताको यहि भूमिकाका लागि करीना कपूरले करिब १२ करोड भारु मागेको खबर आएको थियो । करिनाको मागले त्यति बेला निकै हल्ला पनि मच्चीएको थियो । पछि यो चलचित्रका लेखक मनोज मुन्तशिरले के बताए भने यो भूमिकाका लागि कंगना नै उनको पहिलो छनौट हुन् ।

मनोजका अनुसार उनले यो चलचित्रको कथामा सीताको जुन चरित्र ‘स्केच’ गरेका छन् त्यसको अलग-अलग रंग छ र कंगना ती सबै रंगमा फिट हुने उत्कृष्ट कलाकार हुन् । चलचित्र ‘द इनक्रेनेशनस् सीता’लाई अलौकिक देसाईले निर्देशन गर्दैछन् ।

प्रतिक्रिया