शुक्रबार, वैशाख ७, २०८१

साहस ऊर्जाको आईपीओमा आजबाट आवेदन दिन सकिने

नेपालखोज २०७८ असोज ६ गते ६:३६

काठमाडौं । साहस ऊर्जा लिमिटेडले आज सर्वसाधारणका लागि साधारण शेयर जारी गर्नेभएको छ । कम्पनीले प्रतिकित्ता सय अंकित मूल्यमा ७० करोड मुल्य बराबरको ७० लाख कित्ता प्राथमिक शेयर निष्काशन गर्दैछ ।

कम्पनीको विवरण पत्रानुसार सर्वसाधारणले असोज १० सम्म न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । सो अवधिसम्म माग गरिएबमोजिम आवेदन नआएमा असोज २० सम्म निष्काशन खुला हुने विवरणपत्रमा उल्लेख छ ।

६४ लाख ४० हजार कित्ता शेयरमा सर्वसाधारणले आज देखि आवेदन दिन पाउने र बाँकी शेयर ामूहिक लगानी कोष र कर्मचारीका लागि सुरक्षित गरेको छ । पाँच प्रतिशत अर्थात् तीन लाख ५० हजार कित्ता सामूहिक लगानी कोषले र तीन प्रतिशत अर्थात् दुई लाख १० हजार कित्ता शेयर कर्मचारीले पाउनेछन् ।

कम्पनीले हाल सोलुखुम्बु जिल्लाका सोलुदूधकुण्ड नगरपालिका र थुलुङदूधकोशी गाउँपालिकामा कुल ८६ मेगावाट क्षमताको सोलुखोला (दूधकोशी) जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । कम्पनीले आयोजनाको प्रतिमेगावाट लागत १३ करोड ७९ लाख हुने विवरण सार्वजनिक गरेको छ ।

प्रतिक्रिया