शुक्रबार, वैशाख ७, २०८१

राष्ट्र बैंकले भोलि ३० अर्बको रिपो जारी गर्दै

नेपालखोज २०७८ असोज ६ गते १९:१९

काठमाडौं । नेपाल राष्ट्र बैंकले असोजले भोलि ३० अर्ब रुपैयाँ बराबरको रिपो जारी गर्ने भएको छ । बोलकबोलका माध्यमद्वारा सात दिने अवधिको उक्त परिमाणको रिपो जारी गर्न लागिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

रिपो खरिदका लागि वाणिज्य बैंक, विकास बैंक र फाईनान्स कम्पनीहरुले भोलि दिउँसो ३ बजेसम्म आवेदन दिन सक्नेछन् । रिपोको परिपक्व हुुने अवधि भने सात दिन अर्थात यही असोज १४ गते तोकिएको छ ।

प्रतिक्रिया