बुधबार, वैशाख १२, २०८१

बगलामुखी देवीलाई किन पीताम्बरी भनिन्छ ?

नेपालखोज २०७८ असोज ७ गते ५:००

आज बिहीबार देवताका गुरु बृहस्पति तथा भगवान् श्रीहरि विष्णुको पूजा गरिन्छ । आज पहेलो रंगको कपडा लगाउने र पहेलै वस्तुको दान गरेमा शुभ मिल्नेछ भन्ने मान्यता रहँदै आएको छ । साथै, यो दिन विष्णुकी पत्नी लक्ष्मीको पनि पूजा आरधना गरिन्छ । त्यस्तै, आज बिहीबार बंगलामुखीको दर्शन गर्ने गरिन्छ । बिहीबार बंगलामुखीको दर्शनबाट मनोकाङ्क्षा सिद्धि हुने विश्वास गरिन्छ ।

बंगलामुखी देवीलाई पीताम्बरी पनि भन्ने गरिन्छ, जसको अर्थ भगवान विष्णु हो । जब समस्त ब्रह्माण्ड ध्वस्त गर्ने शक्तिशाली आँधी आयो, त्यसको प्रभाव कम गर्न भगवान विष्णु सौराष्ट देशको हरीद्रा भन्ने तालमा मंगलबारको चतुर्दशी तिथिको दिन आराधना गर्दा मध्यरातमा देवी बंगलामुखीको उत्पत्ति भएको शास्त्रमा उल्लेख गरिएको छ ।

बंगालमुखीलाई बम्हास्त्र पनि भनिन्छ। शत्रुलाई संहार गर्नको लागि बंगलामुखीको आराधनावाट छिट्टै फल प्राप्त हुन्छ भन्ने विश्वास रहेको पाइन्छ । बंगलामुखी माता दक्षिण दिशातर्फ विराजमान हुनुहुन्छ ।

तन्त्र साधना गने, शत्रुलाई भ्रमित पार्ने, अकाल मृत्युबाट बचाउने लगायत कली युगमा विशेष बंगलामुखीको पूजा हुने भनेर शास्त्रमा उल्लेख छ । देवीको उपसना गर्दा पँहेलो फूल, पँहेलो कपडा, पँहेलो चन्दन सुन, जौ आदिको प्रयोग गरिन्छ।

धेरै ठाउँहरूमा बंगलामुखीको अस्त्र तरबार भनिएता पनि बंगलामुखीको वास्तविक हतियार मुग्रो वा सानो गदा नै हो । जो व्यक्तिले कुलपुजा एवं पितृकार्यहरू सम्पादित गर्न सक्दैन्न उनीहरूले बंगलामुखीको आराधना गर्नु पर्दछ ।

प्रतिक्रिया