बिहीबार, वैशाख १३, २०८१

आईपीएल क्रिकेट : हैदराबाद ८ विकेटले पराजित

नेपालखोज २०७८ असोज ७ गते ६:५८

काठमाडौं । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा सनराइजर्स हैदराबाद दिल्ली क्यापिटल्ससँग ८ विकेटले पराजित भएको छ ।

दुबईमा भएको खेलमा हैदराबादले दिएको १ सय ३५ रनको लक्ष्य दिल्लीले १७ ओभर ५ बलमा मात्र २ विकेट गुमाएर पूरा गरेको थियो । यो जितसँगै दिल्ली लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

दिल्लीले ९ खेलमा १४ अंक जोडेको छ । हैदराबादले ८ खेलमा २ अंक जोडेको छ । दिल्लीको जितमा श्रेयस आयरले अविजित ४७ रन जोडे भने ऋषव पन्तले अविजित ३५ रन बनाए । शिखर धवनले ४२ रन जोड्दा पृथ्वी शले ११ रन बनाए ।

हैदराबादका खलिल अहमेद र राशिद खानले १÷१ विकेट लिए । यस अघि पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३४ रन जोडेको थियो ।

प्रतिक्रिया