शुक्रबार, वैशाख ७, २०८१

राष्ट्रिय फोटो पत्रकार समूहको अध्यक्षमा वन्त

नेपालखोज २०७८ असोज ७ गते ८:२०

काठमाडौं । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपालको अध्यक्षमा प्रदीपराज वन्त निर्विरोध चयन भएका छन् । बुधबार सम्पन्न अधिवेशनले वन्तको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

राजेन्द्र चित्रकारको संयोजकत्वमा रहेको तत्कालीन कार्यसमिति भंग गरी निर्विरोध नयाँ कार्यसमिति चयन भएको समूहले जनाएको छ । नयाँ कार्यत्रसमितिको वरिष्ठ उपाध्यक्षमा रातोपाटीका कृष्ण खड्का, महिला उपाध्यक्षमा राससका भगवती थापा, महासचिवमा हिमालय टाइम्सका नवराज श्रेष्ठ, कोषाध्यक्ष न्यूभिजन मिडियाका सागर श्रेष्ठ, सचिव रिर्पोटस नेपालका मुकुन्द कालिकोटे छन् ।

केन्द्रिय सदस्यहरूमा अन्नपूर्णटाइम्सका घनश्याम श्रेष्ठ, बाह्रखरीका हरिश सिंह नगाल, अनलाइनखवरका आर्यन धिमाल, थाहा खवरकी शिला तिमीलसिना, नयाँपेजका प्रबिण कुलुङ राई, नेवा टाइम्सका रमिता छुँजु र प्रदीप कुमार श्रेष्ठ चयन भएका छन् ।

बुधबार नै१२औं केन्द्रीय अधिवेशन तथा २५औं वार्षिक उत्सव रजत जयन्ती सम्पन्न भएको छ । काठमाडौँमा महानगरपालीकाका मेयर विद्या सुन्दर शाक्यको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न गरिएको हो ।

शाक्यले आगामी दिनमा काठमाडौं उपत्यकाको सास्कृतिक महत्वलाई मनन गरि सस्थासँग मिलेर काम गर्ने पनि बताए । उक्त कार्यक्रममा एनएफपिजे हरि गोपाल फोटो पत्रकारिता पुरस्कार २०७६ र ७७ बाट मनोरन्जन तर्फ नवराज वाग्ले र कपिल खड्का त्यसैगरि खेलकुद विधामा सत्यम श्रेष्ठ र उज्जवल डंगोल, पर्यापर्यटन तर्फ नारायण सिलवाल र प्रेम थापा त्यसै गरि सस्कृति समपदा तर्फ सोभा मर्हजन र प्रदीप शाक्य र साहासिक तर्फ मुकुन्द कालीकोटे र पूर्णीमा श्रेष्ठ लाई प्रमाण पत्र र तामाको तक्मा प्रदान गरिएको थियो ।

पूर्व शसत्र प्रहरी नायव महानिरिक्षक माधव थापाको नाममा स्थापना गरिएको माधव थापा जोखिम पूर्ण फोटोपत्रकारिता पुरस्कार सिलापत्रका फोटोपत्रकार शुसील कुमार श्रेष्ठलाई नगद १० हजारसहित प्रमाण पत्र हस्तान्तरण गरिएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघका महासचिव रोसन पुरीले वधाई तथा शुभकामना मन्तव्य राखेका थिए ।

प्रतिक्रिया