शुक्रबार, चैत १६, २०८०

अमेरिकाले थप ५० करोड फाइजर खोप अन्य मुलुकलाई दिने

नेपालखोज २०७८ असोज ७ गते १०:०२


काठमाडौं । अमेरिकाले अर्को वर्षबाट थप ५० करोड फाइजर खोप विकासशील मुलुकहरूलाई दिने बताएको छ ।

संयुक्त राष्ट्रसंगको महासभाको समय पारेर आयोजना गरिएको एउटा भर्चुअल कोभिड १९ सम्मेलनमा राष्ट्रपति जो बाइडनले अमेरिकालाई खोप शक्ति बनाउने बाचा गरेका थिए ।

थप मात्रा खोपको गणना हुँदा अमेरिकी खोप सहायताको बाचा १ अर्ब नाघ्ने छ। यसअघि राष्ट्रपति बाइडनले ५८ करोड मात्रा खोप दान दिने बाचा गरेकामा वासिङ्टनले अहिलेसम्म १६ करोड खोप देशबाहिर बाँडिसकेको छ। बीबीसी

प्रतिक्रिया