शुक्रबार, वैशाख ७, २०८१

सुनचाँदीको भाउ घट्याे, आजको मूल्य कति ?

नेपालखोज २०७८ असोज ७ गते ११:१५

काठमाडौं । नेपाली बजारमा आज (बिहिबार) सुनचाँदीको भाउ घटेकाे छ । छापावाल सुन आज प्रतितोला ५०० सय रूपैयाँले घटेर ८९ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन छापावाल सुन ९० हजार १ सय रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै महासंघका अनुसार आज तेजाबी सुन पनि ५०० रुपैयाँले घटेर ८९ हजार १ सय ५० कारोबार भइरहेको छ । हिजो तेजाबी सुन ८९ हजार ६ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी आज चाँदीको मूल्य पनि घटेकाे छ । चाँदी आज तोलाको १० रुपैयाँले घटेर १ हजार १ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदी १ हजार १ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया