बुधबार, वैशाख १२, २०८१

फेसबुक सुरक्षित गर्न यत्रो खर्च ?

नेपालखोज २०७८ असोज ७ गते १२:३०

काठमाडौं । फेसबुकले आफ्ना उत्पादन तथा सेवालाई सुरक्षित गर्न कति खर्च गर्छ होला ? हामी यो कुरा प्राय सोच्दैनौं । तर, पछिल्लो पाँच वर्षको अवधिमा फेसबुकले यसकै लागि १५ खर्ब भन्दा बढी लगानी गरेको छ । ४० हजारभन्दा कर्मचारी यो काममा जोडिएका छन् ।

आफ्नो उत्पादन तथा सेवामा हुन सक्ने कमजोरी परीक्षण तथा त्यसको सुरक्षाका लागि १३ अर्ब अमेरिकी डलर अर्थात १५ खर्ब ३३ अर्ब रुपैयाँभन्दा बढी रकम खर्च गरेको फेसबुकले उल्लेख गरेको छ ।

एक हप्ता अघिमात्रै अन्तर्राष्ट्रिय सञ्चार माध्यम वाल स्ट्रिट जर्नलले फेसबुकको डेटा लिकको विषयमा जानकारी सार्वजनिक गरेको थियो । त्यससँगै फेसबुकले कम्पनीको सिस्टम सुरक्षाका लागि हालसम्म फेसबुकले यतिको बढी खर्च गरेको हो ।

कम्पनीले सन् २०१६ देखि सेक्युरिटी सम्बन्धी ४० हजारभन्दा बढी मानिस जोडिएको उल्लेख गरेको छ । यहा प्रोडक्ट डेभलपमेन्ट टिममा प्रोडक्टको सुरक्षा हेर्नका लागि छुट्टै टिम राखिएको हुन्छ ।

सन् २०१६ भन्दा अघि सुरक्षाको विषयलाई लिएर त्यति ध्यान नदिएको फेसबुकले अहिले हामीले त्यो धारणलाई पूर्ण रुपमा परिवर्तन गरेको हो । फेसबुकले सुरक्षाका नाममा ठुलो लगानी भएको उल्लेख गरे पनि कुन, कुन काममा कति लगानी भएको भने विषय भने खुलाएको छैन ।

प्रतिक्रिया