शुक्रबार, वैशाख १४, २०८१

राजनीतिक ‘कू’ को प्रयास गर्नु निन्दनीय : दक्षिण सुडान

नेपालखोज २०७८ असोज ७ गते १३:००


काठमाडौं । सुडानमा हालै भएको सत्ता हत्याउने प्रयासको दक्षिण सुडानले निन्दा गरेको छ ।

सो प्रयासलाई दक्षिण सुडानले प्रजातान्त्रिक प्रक्रियामाथिको हमला भनेको छ । अहिले सुडान राजनीतिक सङ्क्रमणबाट गुज्रिएकोले यसलाई राजनीतिक स्थायित्वतर्फ लैजान प्रयास गर्नुको सट्टा राजनीतिक ‘कू’ को प्रयास गर्नु निन्दनीय भएको दक्षिण सुडानको विदेश मन्त्रालयले जनाएको छ ।

सुडान अहिले राजनीतिक सङ्क्रमणकालको चरणमा रहेकाले राजनीतिक दलहरुले यसअघि गरेका प्रतिबद्धताअनुसार प्रजातान्त्र सुदृढ गर्न लाग्नुपर्ने सो मन्त्रालयले जनाएको छ । –रासस

प्रतिक्रिया