बिहीबार, वैशाख १३, २०८१

जी २० बैठकमा अफगानिस्तानमाथि लगाइएको आर्थिक प्रतिबन्ध हटाउन आग्रह

नेपालखोज २०७८ असोज ७ गते १४:५१

काठमाडौं । चिनियाँ स्टेट काउन्सिलर एवं विदेशमन्त्री वाङ यीले अफगानिस्तानमाथि लगाइएको आर्थिक प्रतिबन्ध हटाउन आग्रह गरेका छन् ।

मन्त्री वाङले (जी २०) समूहका विदेश मन्त्रीहरूको भिडियो सम्मेलनलाई सम्बोधन गर्दै अफगानिस्तानको विदेशी विनिमय भण्डार उसको राष्ट्रिय सम्पत्ति रहेको र त्यो अफगानिस्तानी जनताको स्वामित्वमा हुनुपर्ने धारणा व्यक्त गरेका छन् ।

मन्त्री वाङले अफगानिस्तानमा जारी संकटको समाधानका लागि यथाशीघ्र राहत र अन्य मानवीय सहयोग उपलब्ध गराउनु पर्ने बताएका छन् । चीनले अफगानिस्तानलाई ३०.८९ मिलियन अमेरिकी डलरबराबरको सहयोग उपलब्ध गराउन लागेको उनले जानकारी दिए ।

मन्त्री वाङले जी २० का सदस्य राष्ट्रहरूलाई अफगानिस्तानमा जारी संकटलाई छिटै पार लगाउन थप सहयोग उपलब्ध गराउन आग्रह गरेका छन् । वित्तीय संस्थाहरूले आर्थिक सहयोग उपलब्ध गराई गरिबी निवारण र जीवनस्तर सुधारका निम्ति सहयोग गर्न मन्त्री वाङको आग्रह छ।

प्रतिक्रिया