बिहीबार, चैत १५, २०८०

क्यापिटल हिल आक्रमण घटनामा ट्रम्पका सहयोगी संलग्न

नेपालखोज २०७८ असोज ८ गते ७:५४

एजेन्सी । अमेरिकाको संसद भवनमा भएको आक्रमणमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका सहयोगीमाथि मुद्दा दर्ता भएको छ ।

‘क्यापिटल हिल’ मा भएको दंगामा पूर्व राष्ट्रपति ट्रम्पका निकट सहयोगीहरु तानिएका हुन् ।

गत जनवरी ६ तारिखमा संसदले राष्ट्रपति चुनावको नतिजा प्रमाणिकरण गर्ने बेला प्रदर्शनकारीहरुले क्यापिटल भवनमा आक्रमण गरेका थिए ।

उनीहरुले संसद भवन केही बेर नियन्त्रणमा लिएका थिए । यस घटनाको छानविन गर्न बनाईएको समितिले पहिलो पटक ४ जना आरोपितमाथि मुद्दा चलाउन निवेदन दिएको छ ।

यी चारैजना पूर्व राष्ट्रपति ट्रम्पका सहयोगी एवं कर्मचारी रहेका छन् । तत्कालिन राष्ट्रपति ट्रम्पका चिफ अफ स्टाफ मार्क मिडोज, डेपुटी चिफ डान स्काभिनो, पूर्व सल्लाहकारहरु स्टिभ बानन र काश पटेल निशानामा परेका हुन् ।

उनीहरुमाथि चुनावबारे दुष्प्रचार गर्दै चुनावी परिणाम उल्टाउन ट्रम्पका समर्थकहरुलाई उक्साएको एवं भड्काएको आरोप लगाईएको छ ।

चारै जनासँग बयान लिन छानविन सतिमिले यही अक्टोबर १४ र १५ तारिखमा बोलाएको छ ।

प्रतिक्रिया