बिहीबार, वैशाख ६, २०८१

इन्दिराले घोषणा गरिन् आफ्नो इन्गेजमेन्ट ! (तस्बिरसहित)

नेपालखोज २०७८ असोज ८ गते १२:०७

काठमाडौं । उध्रेको चोली फेम गायिका इन्दिरा जोशीले हिजो हेलिकोप्टर चढेर खुम्बु क्षेत्र पुगेर गरेको आफ्नो इन्गेजमेन्टलाई आज फेसबुकमार्फत सार्वजनिक गरेकी छन् ।

इन्दिराले शरद केडियासँग इन्गेजमेन्ट गरेको खबर यसअघि नै मिडियामा आइसकेको थियो । मिडियामा अनेक टिप्पणी हुन थालेपछि इन्दिरा आफैंले एक दिन ढिलो यो खबर सार्वजनिक गरेकी हुन् । तीनवटा तस्बिरसहितको स्टाटसमा उनले लेखेकी छन् :
उनले सोधे विल यू म्यारी मि ? र मैले भने यसससससस !!!! आई लभ यू शरद ।

उक्त स्टाटसमा एक घण्टा नबित्दै ३२ सय लाइक तथा ७७० जति कमेन्ट आइसकेको छ । कमेन्टमा अधिकतर बधाई तथा शुभकामना व्यक्त गरिएका छन् । यी कमेन्टबीच केही कमेन्ट भने रोचक पनि छन् । हेरौं ती रोचक कमेन्टका केही बान्की :

तोरण बस्नेत
दारी फालेर म हिरो भएको केही काम लागेन ।

आशिक नेपाल
ओएमजी, इन्दिरा त अर्कैसँग हिन्दिरा ।

एकराज भट्टराई
केडिया, जैसवाल, झा, महतो, दुगड कसैलाई नछाड्ने भए नेपालका गायिका-नायिकाहरुऽऽऽ।

No description available.

विकाश श्रेष्ठ
किन गर्‍यौ यस्तो निष्ठुरी ।

आले सन्देश
कर्मालाई छोड्देको हो ?

सुनील लामा तामाङ
अब बाइकको केही काम लागेन हैन ? हेली नै चाहिने भो है ।

सरोज सुमन
खास ३-४ वर्षअघि हुनुपर्ने यो, अहिले लिटिल च्याम्प्स् जिताउन हुन्थ्यो ।

सोमराज पाठक
अर्को साल भुँडी देखाउने पालो इन्दिरा जोशीको भनेर भिडियो बनाउँछन् अब युट्युबेले ।

अमितजंग पाण्डे
एउटाले एउटा ड्रोन उडायो, मिस नेपाल लग्यो
अर्कोले एउटा हेलिकप्टर उडायो, गायिका लग्यो
मचाहिँ त्यति धेरै चंगा उडाएर पनि किन सिंगल भगवान् ?

राजकुमार क्षेत्री
राम्रो फललाई कीराले खान्छ भन्थे हो रैछ ।

कुलुङ
सकाइहालेछ नि मोरो ले ।

सुशील थापा
यो जमाना उडाउने को मात्रै छ कि क्या हो केपी बा गफ उडाउने सिसने ड्रोन उडाउने यिनी झ्याप्ले फेरि कपाल र हेलिकप्टर उडाउने परेछन् ।

No description available.

सागर थापा
केटाहरु देख्यौ हैन दाह्रीको करामत । जयदाह्री ।

आशिष बोमजन तामाङ
राम राम मनै सिरिंग भो ।

निश्चल खतिवडा
आफूले यहाँ साइकलमा राखेर प्रपोज ठोकुम्ला भन्ने सोचेको उनलाई चाहिँ हेलिखपर चाहिने ।

राजकुमार रायमाझी
कति राम्रो गुलाबमा कीराको बास भयो ।

दिल मगर
प्रियंकाको भन्दा धेरै चटक देख्न पाइने भयो ।

प्रतिक्रिया