बुधबार, वैशाख १९, २०८१

एमाले केन्द्रीय कमिटीको बैठक जारी, विभिन्न प्रस्तावमाथि छलफल हुने

नेपालखोज २०७८ असोज ८ गते १२:४२

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठक जारी छ।

बैठकमा विधान महाधिवेशनको राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव, विधान संशोधनको प्रस्तावमाथि छलफल हुने एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए।

विधान महाधिवेशनका लागि एमाले पार्टी अध्यक्ष केपी शर्मा ओली संयोजक रहेको राजनीतिक प्रतिवेदन मस्यौदा समिति, महासचिव ईश्वर पोखरेल संयोजक रहेको संगठनात्मक प्रतिवेदन मस्यौदा समिति, विष्णु पौडेलको संयोजकत्वमा विधान संशोधन मस्यौदा समिति, रामबहादुर थापा संयोजक रहेको व्यवस्थापन समिति सदस्यहरूले केन्द्रीय कमिटी प्रतिवेदन प्रस्तुत गर्नेछन्।
शुक्रबार(आज)बाट सुरु भएको बैठक शनिबार (भाेली) सम्म चल्नेछ।

प्रतिक्रिया