मंगलबार, वैशाख ११, २०८१

न्यादी हाइड्रोले २२ करोड ५० लाख रुपैयाँको आईपीओ जारी गर्दै

नेपालखोज २०७८ असोज ८ गते १३:४५


काठमाडौं । न्यादी हाइड्रो पावर कम्पनीले २२ करोड ५० लाख रुपैयाँ बराबरको साधारण सेयर जारी गर्ने भएको छ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रर्वन्धक ग्लोवल आईएमई क्यापिटलमार्फत यही असोज १५ गतेबाट एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी २२ लाख ५० हजार कित्ता साधारण सेयर जारी गर्न लागेको हो ।

बिक्री गरिने कुल सेयर मध्येमा दुई प्रतिशत अर्थात ४५ हजार कित्ता सोही कम्पनीमा कार्यरत कर्मचारीहरको लागि, पाँच प्रतिशत अर्थात एक लाख १२ हजार पाँच सय कित्ता सामूहिक लगानी कोषको लागि र बाँकी २० लाख ९२ हजार पाँच सय कित्ता सेयर सर्वसाधारणको लागि छुट्याएको कम्पनीले जानकारी दिएको छ ।

खरिदकर्ताहरुले न्युनतम १० देखि अधिकतम ५० हजार कित्तासम्मको सेयर खरिदको लागि आवेदन दिन सक्नेछन् । अधिकृत पुँजी एक अर्ब ५० करोड र जारी पुँजी एक अर्ब ५० करोड रुपैयाँ रहेको कम्पनीको हाल चुक्ता पुँजी एक अर्ब एक करोड ५० लाख रुपैयाँ रहेको छ ।

आयोजना प्रभावित क्षेत्रका जनता र सर्वसाधारणको लागि छु्ट्याएको सेयर बिक्री पश्चात भने कम्पनीको चुक्ता पुँजी एक अर्ब ५० करोड रुपैयाँ पुग्ने छ ।

सह निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा एनएमबी क्यापिटल लिमिटेड रहेको कम्पनीको सेयर बिक्री कार्य छिटोमा यही असोज १९ गते र ढिलोमा यही असोज ३१ गते बन्द हुने छ ।

प्रतिक्रिया