शुक्रबार, वैशाख १४, २०८१

कपाल बिगर्ने सैलुनलाई २ करोड जरिवाना !

नेपालखोज २०७८ असोज ८ गते १३:५७

काठमाडौं । भारतमा गलत तरिकाले कपाल काटिदिएका कारण एक सैलुन सञ्चालकले २ करोड भारतीय रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने भएको छ ।

एउटा उपभोक्ता अदालतले गलत कपाल काटिदिएका कारण एक सैलुनलाई यतिको रकम क्षतिपूर्ति तिर्न आदेश दिएको हो । कपाल काटिएकी महिलाले कपालसम्बन्धी सामग्री बनाउने कम्पनीहरूबाट लामो कपालकै कारण काम पाउने गरेको अदालतको ठहर छ ।

उक्त सैलुनले उनले भने विपरीत छोटो हुने गरी कपाल काटिदिएको थियो । दिल्लीको एउटा होटल समूहको हिस्सा रहेको उक्त सैलुनले फैसलाविरुद्ध पुनरावेदनमा जान पाउने छ ।

पीडित महिलाले कपाल काटेकै कारण आफूले अपेक्षा गरेको काम गुमाएको बताइन् । उनले कपाल काटिएकै कारण ठूलो घाटा बेहोरेको र जीवनशैली नै पूरै परिवर्तन भएकाले प्रख्यात मोडल बन्ने सपना गुमेकोसमेत बताइन् ।

सन् २०१८ मा ती मोडल कपाल काट्नका लागि उक्त स्थानमा पुगेकी थिइन् ।

प्रतिक्रिया