बुधबार, वैशाख १२, २०८१

अमेरिकामा पहिलो नेपाली फिल्म फेस्टिभल आयोजना गरिने

नेपालखोज २०७८ असोज ८ गते १५:५१

काठमाडौँ । अमेरिकामा पहिलो ग्लोबल नेपाली फिल्म फेस्टिभल आयोजना हुने भएको छ ।
कोभिड–१९का कारण सुस्ताएको नेपाली चलचित्रलाई चलायामन बनाउन र नेपाली चलचित्रको गरिमालाइ उच्च बनाउन ग्लोबल नेपाली फिल्म फेस्टिभल आयोजना गर्न लागिएको नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्लले जनाएका छन् ।

मल्लका अनुसार फिल्मी मेला प्रतिस्पर्धात्मक नभएर नेपाली फिचर फिल्म, सर्ट फिल्म, डकुमेन्ट्रीको प्रचार–प्रसार र प्रर्वद्दनका लागि आयोजना गर्न लागिएको हो ।फेस्टिभलका आयोजक नवराज श्रेष्ठका अनुसार चलचित्र महोत्सवको मिति चांँडै तय गरिनेछ । उनले भने, ‘कोरोना महामारीका कारण केही कठिनाइ भएको छ । हामीले छिट्टै महोत्सवको मिति घोषणा गर्ने छौँ ।’

ग्लोबल नेपाली फिल्म फेस्टिभल (युएसए) नेपाल फिल्म सोसाइटी काठमाडौं, नेपाल फिल्म सोसाइटी )युएसए) र ग्लोबल नेपाल फिल्म अवार्डस (एलएलसी)ले संयुक्त रूपमा फिल्म फेस्टिबल आयोजना गर्ने भएका हुन् ।

प्रतिक्रिया