बिहीबार, वैशाख १३, २०८१

एमिकस क्युरी उपस्थित नहुँदा सुनुवाइ प्रभावित

नेपालखोज २०७८ असोज ८ गते १५:४७


काठमाडाैं । सर्वोच्च अदालतमा राजनीतिक दलसम्बन्धी अध्यादेशविरूद्ध दायर भएका रिट निवेदनमाथिको सुनुवाइका लागि अदालतको सहयोगी (एमिकस क्युरी)को नामावली नआएका कारण आज सुनुवाइ प्रभावित भएको छ ।

न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र डा. मनोज शर्माको संयुक्त इजलासमा आज पेसी तोकिएको भए पनि एमिकस क्युरीको नामावली नआएका कारण सुनुवाइ हुन सकेन ।

उक्त विवादमा एमिकस क्युरीका लागि नेपाल बारबाट अध्यक्ष तथा वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठ र पूर्वअध्यक्ष तथा वरिष्ठ अधिवक्ता शेरबहादुर केसीलाई र सर्वोच्च बारले सो बारका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता पूर्णमान शाक्य र वरिष्ठ अधिवक्ता रविनारायण खनाललाई एमिकस क्युरी पठाउने निर्णय गरेको थियो ।

इजलासमा एमिकस क्युरी उपस्थित नभएपछि इजलासले अन्य आदेश जारी गर्दै पेसी सारेको छ । अधिवक्ता अर्जुनकुमार अर्याल, सकुन्तला भुसाल, निवेश लम्साल, अनुपा अर्याल, प्रवेश केसी, श्रीकान्त बराललगायतले उक्त विवादमा गत भदौ ४ गते रिट निवेदन दायर गरेका थिए ।

प्रतिक्रिया