शनिबार, वैशाख १५, २०८१

पढाइलाई उमेरले पनि रोकेन

नेपालखोज २०७८ असोज ८ गते २१:२५

काठमाडौं । इच्छा अनि लगनशिलता छ भने उमेरले केही गर्न रोक्न छेक्न सक्दैन भन्ने कुरा नायिका करिश्मा मानन्धरले साबित गरि दिएकी छन् । १४ वर्षको उमेर हुँदा करिश्माले नेपाली चलचित्र क्षेत्रमा पाइला राखिन् ।

उनको पहिलो चलचित्र थियो ‘सन्तान’ । जानी नजानी चलचित्रमा काम थालेकी करिश्मालाई त्यसबेला ‘रहर कि लक्ष्य’ त्यति छुट्याउने परिपक्वता नै आएको थिएन । करियरलाई फोकस गर्दा गर्दै कुन बेला शिक्षा पछाडी छुट्यो पत्तै पाइनन् । १४ वर्षको उमेरमा अभिनय यात्रा थालेकी करिश्माले नेपाल चलचित्र क्षेत्रमा छुट्टै पहिचान बनाइन् ।

करिश्मा नायिका मध्येकै सुन्दरी नायिकाका रुपमा पनि परिचित छन् भने चलचित्रमा यति सक्रिय नभएपनि उनि आफ्नो पहिरनका कारण निकै चर्चामा रहन्छिन् । यहाँसम्मकी उनले महानायिकाको उपाधी पनि पाइन्, चलेको हिरोइन्को छवि बनाइन्, सन् २०१० बाट केही वर्षे अमेरिकाका बसिन् । उनि राजनीतिमा पनि संलग्न भइन् ।

नेपाली चलचित्र क्षेत्रमा साढे तीन दशक बिनाउँदा पनि करिश्माको लोकप्रियतामा भने एक रत्ति पनि कमी आएको छैन् । उनले खेलेका दर्जनौं चलचित्रहरु सुपरहिट छन् । चलचित्र खेल्दाखेल्दै निर्माणमा समेत हात हालेकी नायिका करिश्मा १० वर्ष अमेरिका गएकी थिइन् । आफूले निर्माण गरेका चलचित्र नचलेपछि उनि अमेरिका हानिएकी हुन् ।

अमेरिकाको १० वर्षे बसाइ पछि उनले फेरि अभिनय र चलचित्र निर्माण गर्न थालिन् । केही समय राजनीतिमा समेत होमिएकी करिश्मा अहिले पनि चलचित्र क्षेत्रमा सक्रिय छन् । तर हरेकको मनमनमा बस्न सफल करिश्मालाई कहाँकहाँ पढाइको अभाव खट्न थाल्यो । र, उनले फेरि आफ्नो अध्ययनलाई निरन्तरता दिने सोच बनाइन् । तर उनलाई सजिलो भने त्यत्ति थिएन् । १४ वर्षको उमेर छदा छुटेको पढाइ उनले ४० वर्ष कटेपछि त्रिवेणी पब्लिक स्कूल मैतिदेवीबाट सुरु गरिन् । जहाँबाट पढाइ छुटेको थियो त्यहीबाट उनले पढाइलाई निरन्तरता दिइन् । उनि कक्षा ८ बाट फेरि भर्ना भएकी थिइन् । र, आज उनले कक्षा १२ को परीक्षा पनि सकेकी छन् ।

कोभिड संक्रमणका कारण पटक पटक रोकिएको कक्षा १२ को परीक्षा भदौ ३० गतेबाट सुरु भइ शुक्रबारबाट सकिएको छ । जुन परीक्षामा नायिका करिश्मा मानन्धर पनि सहभागी थिइन् । सामाजिक संजालमा समेत निकै सक्रिय नायिका मानन्धरले शुक्रबार आफ्नो फेसबुकमा विद्यालयको पोशाकमा तस्बिर सार्वजनिक गर्दै कक्षा १२ लाई बिदाइ गर्दै स्नातक तहमा साथीसँग भेट हुने बताएकी छन् । उनले लेखेकी छन् –Goodbye 12 .See you everyone in bachelor.

प्रतिक्रिया