परिसंघमा पूर्वाधार र प्रदेश तथा जिल्ला समन्वय समिति गठन
काठमाडौं । नेपाल उद्योग परिसंघ अन्तर्गत पूर्वाधार समिति र प्रदेश तथा जिल्ला समन्वय समिति गठन भएको छ । परिसंघले आफ्ना गतिविधि विस्तार गर्ने क्रममा दुई नयाँ समिति गठन गरेको हो ।
परिसंघ अन्तर्गतको पूर्वाधार समितिको नेतृत्व परिसंघका राष्ट्रिय परिषद सदस्य आशिष गर्गको सभापतित्वमा समिति गठन भएको हो । परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डे समितिमा कोअर्डिनेटिङ उपाध्यक्ष रहेकाछन । समितिले नेपालामा पूर्वाधार विकासका लागि आवश्यक नीतिगत व्यवस्थाका लागि सरोकारवाला निकासँग मिलेर काम गर्नेछ ।
यसैगरी नेपालमा आवश्यक पूर्वाधार विकासको क्षेत्रमा पैरवी पनि समितिले गर्नेछ । समितिको सदस्यहरूमा अमुन थापा, आनन्द सुवेदी, अनुप उप्रेती, कमल पाण्डे, वर्षा श्रेष्ठ, बसन्तबहादुर चन्द, विद्यावारिधि सिग्देल, गणेश कार्की, गुरुप्रसाद न्यौपाने, मनिष खेमका, निकोलश पाण्डे, रामकृष्ण खतिवडा, सुधीर मित्तल र ताराप्रसाद पौडेललगायतका रहेका छन् ।
प्रतिक्रिया