आज देशभर सामान्य बदली, केही स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना
काठमाडाैं । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा भारतको मध्य प्रदेश तथा उत्तर प्रदेश आसपासमा अवस्थित न्युन चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । साथै मनसुन न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतिर रहेको छ ।
आज देशभर सामान्य बदली रही केही स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना छ भने, वाग्मती, गण्डकी, सुदुरपश्चिम, कर्णाली तथा प्रदेश १ का थोरै स्थानहरुमा हल्का वर्षा भैरहेको छ ।
देशभर वर्षाको सम्भावना रहेकोले पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम छ । नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोलेसतर्कता अपनाउन पनि विभागले आग्रह गरेको छ ।
भारतको पश्चिम राजस्थान तथा छत्तिसगढ आसपासमा अवस्थित न्युन चापीय क्षेत्रहरूको आंशिक प्रभाव रहेकाले नेपालमा दैनिक वर्षा भइरहेको छ ।
आज दिउँसाे देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/ चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । त्यस्तै राती देशभर आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जारी गरेकाे बुलेटीनमा उल्लेख गरिएकाे छ ।
प्रतिक्रिया