सोमालियामा आत्मघाति कारबम विस्फोट, ७ को मृत्यु
काठमाडौं । सोमालियको राजधानी मोगादिसुमा राष्ट्रपति भवन नजिकै आत्मघाती कारबम विष्फोट भएको छ । विष्फोटमा कम्तिमा ७ जनाको मृत्यु भएको समाचार एजेन्सीहरूले बताएका छन् ।
विष्फोटमा कैयौं घाइते छन् । घाइतेहरूको अवस्था गम्भीर रहेकाले मृतक संख्या बढ्ने त्यहाँका पुलिस अधिकारीहरुले बताएका छन् ।
सोमालियका राष्ट्रपति र प्रधानमन्त्रीले विमानस्थलतर्फ जान प्रयोग गरिने सडकको चेकपोइन्टमा उक्त विष्फोट गराइएको हो । आक्रमणकारीले राष्ट्रपति भवनमा जाँदै गरेकाहरुलाई लक्षित गरी विष्फोट गराएको बताए ।
मारिनेहरुमा वरिष्ठ सैनिक अधिकारी र उनीहरुका परिवार भएको जनाइएको छ । सोमालियमा सरकार फालेर इस्लामिक राज्य स्थापना गर्न हिंसात्मक गतिविधि गर्दै आएको अल सबाब नामको आतंककारी संगठनले विष्फोट गराएको विश्वास गरिए पनि त्यसमा अलकायदाको पनि संलग्नता रहेको हुनसक्ने आशंका गरिएको छ ।
सन् २०११ सम्म राजधानी मोगादिसुमै कब्जा जमाएको अलसबाबलाई अफ्रिकन युनियन सम्वद्ध सेनाले विस्थापित गरेको थियो ।
प्रतिक्रिया