४७ लाखले गुमाए ज्यान, २३ करोड बढी संक्रमित
नेपालखोज
२०७८ असोज १० गते ११:५५
काठमाडौं । कोभिड–१९ (कोरोनाभाइरस)का कारण भएको महामारीले संसार ग्रस्त छ । २६ सेप्टेम्बर २०२१ सम्मको आधिकारिक तथ्यांकअनुसार २ सय २१ देशमा कोरोना फैलिएको छ ।
उक्त भाईरस (सार्स–कोभ–२) बाट २३ करोड २२ लाख ८४ हजार ७ सय ७५ संक्रमित भइसकेका छन् । त्यस्तै ४७ लाख ५७ हजार ४ सय २५ जनाको मृत्यु भइसकेको छ । निको हुने २० करोड ८८ लाख ९६ हजार ८ सय ५४ जना छन् ।
प्रायः देशका मानिसहरुले खोप लगाइसके पनि यसको पूर्ण निवारण भने भइसकेको छैन । खोपले नै यसलाई नियन्त्रण गर्छ भन्न सकिने अवस्था पनि छैन । कतिपय खोप लगाइसकेका मानिसहरुले पनि ज्यान गुमाएका समाचारहरु आइरहेका छन् ।
सम्बन्धित
प्रतिक्रिया