शुक्रबार, वैशाख १४, २०८१

नेप्सेमा पहिरो, ६१ अंकले घट्दा ६ अर्ब ५० करोडको सेयर किनबेच

नेपालखोज २०७८ असोज १० गते १५:४९

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार (आज) नेप्सेमा पहिरो गएको छ । नेप्से आज ६१ दशमलव २७ अंकले घटेर २७ सय ५८ दशमलव ४८ अंकमा पुगेको छ । सेन्सिटिभ इन्डेक्स पनि १० दशमलव सात अंकले घटेर पाँच सय १९ दशमलव ३६ अंकमा पुगेको छ ।

नेप्सेमा आज २३३ कम्पनीको ७३ हजार ६ सय ९३ पटकको कारोबारमा एक करोड ४४ लाख ९४ हजार दुई सय ६० कित्ता सेयर किनबेच भएकामा कुल कारोबार रकम ६ अर्ब ५० करोड एक लाख १७ हजार सात सय ८० रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ समूहको कारोबार भएकामा सामूहिक लगानी कोष समूहको सुचक घटेर बाँकी समूहको सुचक घटेका छन् ।

सोमध्ये वाणिज्य बैंक समूहको सूचक १८ दशमलव २९ अंकले घटेर १९ सय ४९ दशमलव ८३ अंकमा पुग्दा जलविद्युत् समूहको सूचक पनि एक सय ३५ दशमलव ३ अंकले घटेर तीन हजार ३ दशमलव ५१ अंकमा पुगेको छ ।

निर्जीवन बिमा समूहको सुचक पनि ३ सय ५६ दशमलव ७६ अंकले घटेर १२ हजार एक सय ४५ दशमलव ९९ अंकमा पुग्दा जीवन बीमा समूहको सूचक पनि तीन सय ७१ दशमलव ३१ अंकले घटेर १५ हजार तीन सय १५ दशमलव ८८ अंकमा पुगेको छ ।

यीबाहेक जलविद्युत्, ट्रेडिङ, होटेल तथा पर्यटन, उत्पादनमूलक, अन्य, लघुवित्त र लगानी समूहरुको सूचक भने घटेका छन् । आज मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर एक हजार चार सय ४८ रुपैयाँ ९० पैसामा प्रतिकित्ता सेयर कारोबार हुँदा आईसीएफसी फाइनान्सको प्रतिकित्ता सेयर मूल्य भने ८ दशमलव ९८ प्रतिशतले घटेर सात सय ६० रुपैयाँमा कारोबार भएको छ ।

यसैगरी आज अरुण भ्याली हाइड्रोपावर कम्पनीको प्रतिकित्ता ५ सय ७५ रुपैयाँ अन्तिम मूल्यमा ३३ करोड ९५ लाख ७३ हजार ६ सय १५ रुपैयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कुल कारोबार रकममध्ये सबैभन्दा बढी हो ।

प्रतिक्रिया