शुक्रबार, वैशाख १४, २०८१

दसैँका लागि अग्रिम टिकट बुकिङ खुला

नेपालखोज २०७८ असोज ११ गते ७:०५

काठमाडौं । आजदेखि अग्रिम टिकट बुकिङ खुला भएको छ । उपत्यकाबाट विभिन्न स्थानमा दशैँ मनाउन घर जानको लागि टिकट बुकिङ खुल्ला गरिएको हो ।

आजदेखि लामो तथा मध्यम दूरीका बसको टिकट बुकिङका लागि सरकारले यातायात व्यवसायीसँग छलफल गरेको थियो । छलफलका क्रममा नयाँ बसपार्कमा अग्रिम टिकट बुकिङका लागि ‘टिकट काउन्टर’ थप गरिए गर्ने निर्णय भएको छ ।

ल्होत्से बहुउद्देश्यीय प्रालिले व्यवसायीको सहकार्यमा ११ वटा ‘टिकट काउन्टर’ थपसमेत गरेको छ । सरकारले देशभरका कुल २ सय ८६ रुटको भाडादर समायोजन गरेको छ । विभागले यात्रुवाहक यातायातमा २८ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक गाडीमा २० प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक गाडीमा २६ प्रतिशत भाडा बढाएको छ ।

देशभरका ६५ भन्दा बढी जिल्लामा सार्वजनिक गाडी आवतजावत गर्दै आएका छन् । प्रहरीले काठमाडौंका विभिन्न १४ ठाउँमा यात्रु सहायता कक्ष स्थापना गरेको छ ।

प्रतिक्रिया