मंगलबार, मंसिर १८, २०८१

भारतमा गुलाब चक्रवात, हजारौंलाई सुरक्षित स्थान सारियो

नेपालखोज २०७८ असोज ११ गते ७:५४

एजेन्सी । गुलाब चक्रवातका कारण भारतको पूर्वी राज्यहरूबाट हजारौं मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।

आइतबार साँझदेखि भीषण वर्षा र हावाहुरी आउने क्रम सुरु भएको हो । चक्रवातको प्रभाव वंगालको खाडीसम्म आईसकेको छ । यसका कारण बाढी र पहिरोको जोखिम पनि बढाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिघण्टा ९५ किलोमिटरका गतिले आईरहेको आँधी मध्यरातबाट उडिसा र आन्द्रप्रदेशमा पनि प्रवेश गरेको छ । आँधी प्रभावित राज्यहरुबाट हजारौं मानिसलाई सुरक्षित स्थानमा सारिएको छ भने नदी किनार, नहर तथा समुद्रि किनारमा नजान चेतावनी दिइएको छ ।

प्रतिक्रिया