शनिबार, वैशाख १५, २०८१

एनभीए भलिबल च्याम्पियनसिप : हेल्प नेपाल विजयी

नेपालखोज २०७८ असोज ११ गते १४:२३

काठमाडौं । एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फ हेल्प नेपाल स्पोर्ट्स क्लबले विजयी हासिल गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् (राखेप) को कभर्डहलमा जारी छैटौं संस्करणको आज भएको पहिलो खेलमा हेल्प नेपालले वाग्मती प्रदेशलाई ३–० को सेटमा पराजित गरेको हो ।

हेल्प नेपालले पहिलो सेट २५–१६, दोस्रो सेट २५–१३ र तेस्रो तथा अन्तिम सेटमा २५–१२ को जित निकाल्यो । यस जितसँगै समूह ‘ए’ मा रहेको हेल्प नेपालले दुई अङ्क बटुलेको छ । यता वाग्मतीको भने यो लगातार दोस्रो हार हो ।

पहिलो खेलमा वाग्मती गल्कोट स्पोर्ट्स क्लबसँग पराजित भएको थियो । नेपाल भलिबल सङ्घको आयोजना भएको उक्त प्रतियोगितामा पुरुषतर्फ १४ र महिलातर्फ छ टोलीको सहभागिता रहेको छ ।

महिला तथा पुरुष विजेता टोलीले चार लाख रुपैयाँ प्राप्त गर्ने छ भने उपविजेता टोलीले दुई लाख रुपैयाँ पाउने छ । तेस्रो हुने टोलीले एक लाख रुपैयाँ प्राप्त गर्ने छ ।

प्रतिक्रिया