शनिबार, असार २१, २०८२

‘सरकारले नेपाललाई नै कालोसूचीमा पार्ने प्रयास गरिरहेको छ’

नेपालखोज २०७८ असोज ११ गते १७:११

काठमाडाैं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद खगराज अधिकारीले सरकारले नेपाललाई नै कालोसूचिमा पार्ने प्रयास गरिरहेको आरोप लगाएका छन् ।

सरकारले ल्याएको बजेट अध्यादेश प्रतिस्थापन विधेयकमा लुटिएका करिव २१/२२ अर्ब कालोधनलाई बैधानिकता दिने गरी प्रावधान ल्याएको भन्दै उनले अब नेपाललाई नै सरकारले कालोसूचीमा पार्ने प्रयास गरिरहेको आरोप लगाएका छन् । सोमबार प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा उनले संचारकर्मीमाझ भने, ‘हुँदाहुँदा लुटिएका झन्डैझन्डै २१/२२ अर्व अन्तराष्ट्रिय कानुनसमेत, आतंककारी कानुन समेत आकर्षित हुने कानुनलाई समेत उलंघन गरेर यो देशलाई नै कालो सूचिमा पार्ने गम्भिर बाटोमा सरकार गईरहेको छ ।’

सांसद अधिकारीले सरकारले दलीय व्यवस्थालाई नै समाप्त पार्न अवरुद्ध संसदलाई सूचारु गराउन पहल नगरेको तर्कसमेत गरे ।

प्रतिक्रिया