मंगलबार, वैशाख ११, २०८१

ग्लोबल आईएमई बैंक र गुल्मीका स्थानीय तहबीच कृषकलाई सहयाेग गर्ने सम्झौता

नेपालखोज २०७८ असोज ११ गते १९:१७

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र गुल्मी जिल्लाका विभिन्न स्थानियतहहरुबीच हेफर प्रोजेक्ट नेपालको समन्वयमा बाख्रापालन सामुदायिक विकास परियोजना अन्तर्गत बाख्रापालक कृषकहरुलाई प्रोत्साहन गरी वित्तिय मुल प्रभाहमा साना किसानहरुको पँहुच बढाइ कृषि उत्पादन अभिवृद्धि गर्न सहुलियतपूर्ण कृषि कर्जा प्रवाह गर्ने सम्झौता भएको छ ।

गुल्मीको तम्घासमा आयोजित एक कार्यक्रमकाबीच बैंकको तर्फबाट लुम्बिनी प्रादेशिक कार्यालय प्रमुख रवि श्रेष्ठ तथा मुसीकोट नगरपालिकाको तर्फबाट नगरपालिकाका मेयर सोमनाथ सापकोटा, इस्मा गाँउपालिकाको तर्फबाट गाउँपालिकाका अध्यक्ष लक्ष्मण बहादुर विष्ट, मालिका गाँउपालिकाको तर्फबाट गाउँपालिकाका अध्यक्षरित बहादुर थारु, मदाने गाँउपालिकाको तर्फबाट गाउँपालिकाका अध्यक्ष धनबहादुर के.सी. र धुर्कोट गाँउपालिकाकोतर्फबाट गाउँपालिकाका अध्यक्ष भूपाल पोखरेलले संयूक्तरुपमा सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौतापत्रमा हेफर प्रोजेक्ट नेपालको तर्फबाट बाख्रापालन सामुदायिक विकास परियोजनाका संयोजक अनन्तराज सिलवालले हस्ताक्षर गरेका हुुन् ।

सम्झौता अनुसार ग्लोबल आइएमई बैंकले सहुलियतपूर्ण कर्जाको एकिकृत कार्यविधि, २०७५ (संशोधनसहित) अन्तर्गत मुसीकोट नगरपालिका, इस्मा गाँउपालिका, मालिका गाँउपालिका, मदाने गाँउपालिका, र धुर्कोट गाँउपालिकाको सिफारिसमा हेफर प्रोजेक्ट नेपाल अन्तर्गतको बाख्रापालन सामुदायिक विकास परियोजनाका लागि उद्यमी, कृषक, फर्म तथा कम्पनीलाई (प्रतिग्राहक अधिकतम १० लाख रुपैयाँ मात्र) सहुलियतपुर्ण कर्जा उपलब्ध गराउने छ भने परियोजना अन्तर्गतका ऋणिहरुलाई हेफर प्रोजेक्ट नेपालले आवश्यक तालिमको व्यवस्था गर्नेछ ।

मुलुकभर तथा मुलुकबाहिर शाखा सञ्जाल रहेको ग्लोबल आइएमई बैंकले बैंकिङ्ग सेवाको पहुँच पु¥याउने ७६ जिल्लामा २८० शाखा, २५० एटीएम, २५७शाखा रहित बैंकिङ्ग सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी ८०० भन्दा बढि सेवा केन्द्रबाट ग्राहकवर्गलाई सेवा प्रदान गरिरहेको छ । ‘सबैका लागि बैंक’ भन्ने नाराका साथ बैंकले २३ लाखभन्दा बढि ग्राहकहरूमाझ सेवा प्रदान गर्दै आइरहेको छ ।

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भि¥याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको छ ।

प्रतिक्रिया